पोखरा, ९ असार । एसियाली समाजमा शैक्षिक पाठ्यक्रम मार्फत कट्टरपन्थ उन्मुलन तथा समनता प्रबद्र्धनका लागि विश्वविद्यालयहरुको सहयात्रा (अरोरा) परियोजनाको पाँचौ कन्सोर्टियम बैठक पोखरामा सम्पन्न भएको छ । पोखरा विश्वविद्यालयको आयोजनामा सम्पन्न बैठकमा युरोप र एसियाका १२ वटा विश्वविद्यालयहरुले सहभागिता जनाएका थिए । पोखरा विश्वविद्यालयका उपकुलपतिप्रा. डा. प्रेमनारायण अर्यालले समुद्घाटन गर्नुभएको बैठकका विभिन्न सत्रमापोखरा विश्वविद्यालयका रजिष्ट्रार…