काठमाडौँ, ५ कार्तिक । नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याका बारेमा सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउछन् । सांसदसँग रासस संवादमा उनले सङ्घीय संसद्मा आफ्नो पहिलो प्रवेश भएकाले संसदीय अभ्यासको सिकाइसँगै कानून निर्माण र जनताका समजल्दाबल्दा विषयबस्तु सदनमार्फत सम्बोधन गर्न÷ गराउन आफू क्रियाशील…