काठमाडौँ, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बेलुका सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन् । प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मङ्गलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्याइएको थियो । राष्ट्रपति पौडेल मंगलबार बेलुका असन पुगेर सेतो मच्छिन्द्रनाथको दर्शन गरेका हुन् । पानी, सहकाल र दीर्घजीवनको कामना गर्दै यो रथजात्रा…