बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन

गलकोट, २० मंसिर  । नेकपा (एमाले)ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ । अध्यक्ष ओली नेतृत्वकोे केन्द्रीय टोलीलाई स्वागत गर्न…