काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देश विकासमा पछाडि फर्कने र अहिलेकै यथास्थितिमा रुमलिने छुट नभएको बताएका छन्। शनिबार बडा दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले जनताले युगौंदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नैपर्ने बताएका हुन् । यतिखेर मुलुक अवसर र चुनौतीको कठिन परिस्थितिबाट गुज्रिइरहेको प्रधानमन्त्रीले बताए। लामो संघर्ष…