संस्थापनबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन समूहबाट १५ औँ महाधिवेशनमा आफ्नो दाबी रहेको बताएका छन् । शुक्रबार बिहान काठमाडौँको महाराजगन्जमा अनलाइन मिडियाका केही पत्रकारहरूसँग प्रवक्ता महतले समूहले आपसी सहमतिमा एउटामात्रै उम्मेदवार बनाउने प्रयास गर्ने बताए । सभापति शेरबहादुर देउवा र उनी निकटमा देशभरका कार्यकर्तासँग आफ्नो अट्याचमेन्ट रहेको बताउँदै उनीहरूको भावनालाई…