सर्वाधिक कर तिर्ने १६ करदाता सम्मानित

काठमाडौँ, ७ मंसिर । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । जसमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल टेलिकम भएको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो ।…