स्वास्थ्यकर्मी आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गर्न माग

काठमाडौँ, १० असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मी आक्रमण गर्ने र अस्पताल तोडफोड गर्नेमाथि कानुनी कारबाही गर्न माग गरेको छ । आज युनियनले प्रेस विज्ञप्ति जारी गरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमणमा संलग्न र अस्पताल तोडफोड गर्नेलाई स्वास्थ्य संस्थाको सुरक्षा ऐन २०६६ (पहिलो संशोधन २०७९) अनुसार कानुनी कारबाही गर्न…