प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौँ, ६ असोज । चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ । शनिबार दिउँसो हाङझावमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो । नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका छन् । आइतबार प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी बेइजिङ जानेछन् । बेइजिङमा उनले…