काठमाडौँ, २४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारपछि आर्थिक गोलमेच गर्ने तयारीमा रहेको बताएका छन् । आज रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले आफू सरकारमा आएपछि अर्थतन्त्रमा राम्रो सुधार आएको पनि बताए । उनले भने, “उत्पादन र रोजगारीको कार्ययोजना बनाइएको छ । अहिले सात अर्ब छुट्याइएको छ । छिट्टै थप सात अर्ब थपेर…