काठमाडौँ, १७ कार्तिक । काठमाडौँ महानगरपालिकाले सबै विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने भएको छ । महानगरभित्रका ७१ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापक परिवर्तन गर्ने लागेको हो । त्यसका लागि दरखास्त आह्वान गरेको छ । पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको महानगरपालिकाका शिक्षा अधिकारी सीताराम…