प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच वालुवाटारमा छलफल

काठमाण्डौ,१५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसदमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे छलफल भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंगो लगाउने तयारीमा छलफल केन्द्रित थियो…