प्रधानमन्त्रीद्वारा डेडिकेटेड र ट्रंकलाइन नकाट्न प्राधिकरणलाई निर्देशन

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगहरूको लाइन नकाट्न निर्देशन दिएका छन् । आज उद्योगीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले लाइन नकाट्न निर्देशन दिएका हुन् । उनले नेपाल विद्युत् प्राधिकरणलाई लाइन नकाट्न निर्देशन दिँदै यसबारे निर्क्योल नभएसम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द…