काठमाडौँ, २४ भदौ । प्रधानसेनापति प्रभुराम शर्माले बेमौसमी तर्क उठाएर माहोल खल्बल्याउनेप्रति सतर्क रहन सेनालाई निर्देशन दिएका छन् । आज प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा सेनालाई सम्बोधन गर्दै उनले नेपालको एकीकरण अभियानको थालनीदेखि आजको दिनसम्म नेपाली सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाई राख्न अग्रणी भूमिका निर्वाह…