प्रधानमन्त्रीको भ्रमणबारे रास्वपाको सात लिखित सुझाव

काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको चीन भ्रमणबारे सात वटा सुझाव दिएको छ ।  आज सिंहदरबारमा आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा पार्टीको तर्फबाट सहभागी भएका नेता डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई नेपाली जनताले थाहा पाउने गरी नक्साको बारेमा चीनसँग देशको तर्फबाट धारणा राख्न सुझाव दिएको बताए ।  उनले आफ्नो पार्टीले…