काठमाडौँ, २१ फागुन । प्रस्तावित संघीय निजामती विधेयकमा प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भई सोमबार संसद्मा दर्ता गर्ने तयारी रहेको विधेयकमा उक्त प्रावधान राखेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्थानीय तहको दरबन्दी संघको हुने कि प्रदेशको…