काठमाडौँ, १६ भदौ । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु हुँदैछ । २५ लाख जनताबीच पुग्ने लक्ष्यसहित माओवादीले तीन चरणको अभियान सुरु गर्न लागेको हो । अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट गर्ने छन् । प्रधानमन्त्री प्रचण्डले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट उद्घाटन गर्ने पार्टी…