सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको छ : मन्त्री खड्का

काठमाडौँ, ९ भदौ । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढिरहेको उल्लेख गरे । उनले भने, ‘अहिलेको सन्दर्भमा कुरा आइसकेको…