प्रधानमन्त्री राष्ट्रसंघको महासभामा भाग लिएर न्युयोर्कबाट सिधै चीन जाने 

काठमाडौँ, २८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउँदो असोजको पहिलो साता संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट चीन जाने भएका छन् । राष्ट्रसंघको महासभा अमेरिकाको न्युयोर्कमा हुँदै छ । यसअघि, राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने समय र चीन भ्रमणको मिति जुधेका कारण कता जाने भन्ने अन्योल भएको थियो । नेपालले गरेको अनुरोधलाई…