कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिने

काठमाडौँ, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले  आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ । कोशीमा सभामुख रिक्त छ । उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन गर्नुपर्नेछ । बैठक सूचारू हुनेबेलासम्म एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउने भय सत्तापक्षलाई छ । त्यसो हँदा…