प्रधानमन्त्रीद्वारा श्रम बजार मर्यादित र सुरक्षित बनाउन मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउनेबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको…