मधेस प्रदेशका ७४ सांसदको रिटमा अन्तरिम आदेश छलफल भोलिलाई सारियो

काठमाडौँ, ३० कार्तिक । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सांसदका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अन्तरिम आदेश छलफल भोलीलाई सारिएको छ । प्रदेश प्रमुखको जवाफ ‘महान्यायाधिवक्तामार्फत पेस गर्नू’ भन्नुपर्नेमा यही कात्तिक २६ गतेको आदेशमा अन्यथा भएको भन्दै आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजालासले अन्तरिम…