प्रविधिमैत्री बन्दै राजनीतिक दलहरू

काठमाडौँ, २ साउन । नेपालका नयाँ पुराना सबै राजनीतिक दलहरू विस्तारै स्याचुरेसन (डिजिटलीकरण) अर्थात प्रविधिमैत्रीउन्मुख हुन थालेका छन् । आफ्नो वेभसाइटमार्फत पार्टीका गतिविधि सार्वजनिक गर्न थालेका दलहरूले सदस्यता वितरण र नवीकरणसमेत अनलाइन माध्यमबाट शुरू गरेर दलहरू प्रविधिमैत्री बन्न थालेका हुन् । नेपालका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय…