काठमाडौँ, २८ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन सरकारले ठोस कदम चाल्ने बताएकी छन् । आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागिपरेको बताइन् । उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई…