काठमाडौँ, २६ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्या वृद्धिदर र प्रजननदर कम हुनुले तत्कालका लागि सकारात्मक भए पनि दीर्घकालीन अवस्थाका निम्ति जोखिम हुनसक्ने बताएका छन् । विश्व जनसंख्या दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसंख्याको विद्यमान अवस्था हेर्दा समाज परिवर्तित स्वरुपमा गइरहेको समेत बताए । “जनसंख्याको असन्तुलित अवस्था हेर्दा पहाडी क्षेत्रमा अनुकूल…