विदेशी मुद्रा सञ्चिति २९ खर्ब ७९ अर्ब

काठमाडौँ, ३० कार्तिक । साउन-असोज मसान्तसम्म २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब बराबर रहेकोमा तीन महिनामा ११.३ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा मुलुकको सञ्चिति असार मसान्तसम्मको तुलनामा ८.७ प्रतिशतले बढेर साउन-असोज मसान्तसम्म २१ अर्ब २१ करोड पुगेको छ । कुल…