अध्यक्ष ओलीको प्रश्न : यो सरकार कसको प्रतिनिधि हो ?

काठमाडौँ, ३० कार्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको टिप्पणी गरेका छन् ।  आइतबार बिहान प्रेस चौतारी नेपालको नेतृत्वसँग आफ्नै निवास गुण्डुमा भएको छलफलमा अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र संसदबाट नबनेको उल्लेख गर्दै दलबाट र  जेनजीबाट पनि नबनेकोले यो सरकार कस्को भन्नेमा प्रश्न रहेको…