काठमाडौँ, २८ पौष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ । आज बिहान १० बजेदेखि भृकुटीमण्डपमा हिजो (आइतबार) बाट सुरु भएको विशेष महाधिवेशन आजबाट बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो । बन्दसत्र अघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ताको व्यवस्था गरिएको छ । उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया बन्द गरिएको…