संघीय निजामती ऐनमा प्रधानमन्त्री र मुख्य सचिवको चासो

काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्यालललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सक्रियतामा संघीय निजामती सेवा विधेयकका बारेमा घनीभूत छलफल थालिएको हो । प्रधानमन्त्री कार्यालयमा संघीय निजामती सेवा विधेयकका सम्बन्धमा धेरैपटक छलफल भइसकेको…