मेयर शाहद्वारा हनुमानढोका परिसरमा सवारी साधन प्रवेशमा रोक

काठमाडौँ, १९ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी गरेका हुन्। उनले भनेका छन्, ‘काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौँको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन्…