६ वर्षे विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ, २० असार । सरकारले ६ वर्षे विकास ऋणपत्र २०८६ मार्फत १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । बुधबार राष्ट्र बैंकले एक सूचना जारी गर्दै विकास ऋणपत्र खरिदका लागि सार्वजनिक आह्वान गरेको हो । बैंकको सूचना अनुसार असार २२ गते बिक्री हुने ऋणपत्रका लागि असार २१ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्…