काठमाडौँ, १९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् । आज सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको उद्घाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरु पनि राज्यकै सम्पत्ति भएको बताएका हुन् । उनले भने, ‘यो अस्पताल कौडेना…