राजनीतिक परिवर्तनमा मिडियाको भूमिका छ : सभामुख घिमिरे

काठमाडौँ, १६ असार । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले राजनीतिक परिवर्तनमा मिडियाको भूमिका रहेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सञ्चार क्षेत्रलाई कुण्ठित गर्न नहुने तर कमजोरी भने हटाउन आवश्यक रहेको बताए । उनले भने, “सञ्चार क्षेत्रको महत्त्व धेरै छ । बन्द र खुला दुवै समाजमा सञ्चारको भूमिका…