उपप्रधानमन्त्री श्रेष्ठ र सिचुवान विश्वविद्यालय कमिटीका महासचिव लिङबीच भेटवार्ता

छेन्दु, १५ असार । जनवादी चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान विश्वविद्यालय कमिटीका महासचिव कानले आज भेट गरेका छन् । छेन्दुस्थित सिचुवान विश्वविद्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन विश्वविद्यालयले खेलेको भूमिकाको प्रंशसा…