युवा संघले देशभर कम्पन ल्याउने गरी अभियान चलाउनुपर्छः नेता बस्नेत

काठमाडौँ, ८ असार । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय युवा संघले समग्र युवाहरुको हितको साथ साथै नेपाल र नेपाली जनताको पक्षमा देशैभर कम्पन आउने गरी अभियान चलाउनुपर्ने बताउनुभएको छ । केपी ओलीको नेतृत्वमा विकासमा चमत्कार भएको सविस्तार वर्णन गर्दै उहाँले भक्तपुरमा उक्त समय विकास र समृद्धिमा स्वर्णीम युग भएको बताउनुभयो ।…