काठमाडौँ, ७ असार । पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ । ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते/बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मेहेलेमा गएको…