मकवानपुर, १८ असार । बागमती प्रदेशसभा बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । विपक्षीको निरन्तर अवरोधका कारण आइतबार पनि आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । प्रतिपक्षी दल एमालेसहित राप्रपाका सांसदहरूले अवरोध गरेपछि आइतबारको बैठक पनि सञ्चालन हुन नसकेको हो । आइतबार साँझ साँढे पाँच बजे पुनः बस्ने गरी …