मेलम्ची खानेपानी आयोजनाको अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

मेलम्ची, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए ।…