काठमाडौँ, १० असार । महिला, बालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसाको न्युनिकरणका लागि महिलाको सशक्तिकरणमा जोड दिनुभएको छ । साथी संस्थाले राजधानीमा आयोजना गरेको महिला आश्रयगृहको तीनदिने राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै उहाँले समाजमा विद्यमान हानिकारक प्रथा र गलत अभ्यासका कारण महिलाले हिंसा भोगिरहेकोले यसको अन्त्यका लागि सामुहिक पहल आवश्यक रहेको बताउनुभयो ।…