रविले भने–मधेशलाई ह्दयभित्र राखेर काम गर्ने छु

काठमाण्डौ,११ मसिर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।केहि दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भए ।आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए । उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर…