भ्रष्टाचार रोक्न प्रधानमन्त्री, मन्त्री र सचिव ठिक ठाउँमा हुनुपर्‍यो : प्रमुख आयुक्त राई

काठमाडौँ, ३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री, मन्त्री र सचिव ठिक ठाउँमा हुनुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण नहुने भन्दै राज्यका मुख्य निकाय नै सक्षम हुनुपर्नेमा जोड दिए…