काठमाडौँ, १२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले रेशम चौधरीलाई आम माफी दिनेगरी पठाएको निवेदन फिर्ता पठाएका छन् । सरकारका तर्फबाट गृहमन्त्रालयले टिकापुर घटनामा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीलाई राजनीतिक मुद्दा भनेर गणतन्त्र दिवसका अवसरमा आममाफी दिनेगरी राष्ट्रपतिलाई पत्राचार गरेको थियो । उक्त पत्र फिर्ता गर्दै राष्ट्रपति पौडेलले…