काउन्सिल अध्यक्ष बस्नेतको पक्षमा अन्तरिम आदेश, सरकारी हस्तक्षेपको विरोध

काठमाडौँ, ३१ जेठ । काठमाडौँ जिल्ला अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आफू विरुद्ध तथ्यहीन आरोप र गलत उजुरी परेको भन्दै त्यसको आधारमा हुने कारवाही रोक्न माग गर्दै उनी निषेधाज्ञाको रिट निवेदन लिई अदालत पुगेका थिए । त्यसमा भएको सुनुवाईपछि अदालतले उनको पक्षमा आदेश जारी गरेको हो…