काठमाडौँ, ७ जेठ । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । बैठकमा शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ-आफ्नो धारणा राख्न कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रममाथि १० गतेसम्म सांसदहरूले धारणा राख्ने छन्…