एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २२ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालय बैठक बुधबार बस्दै छ । मध्याह्न १२ः४५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ । एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ । अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले…