नक्कली भुटानी शरणार्थी प्रकरण: राजनीतिक वृत्त तरंगित

काठमाडौँ, २५ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकको राजनीतिक वृत्त गर्माएको छ। यो प्रकरणमा प्रमुख दलका नेताहरू पनि अनुसन्धानमा तानिन थालेपछि राजनीतिक वृत्त गर्माएको हो। यसैकारण दलका शीर्ष नेताहरूको दौडधुप पनि बाक्लिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेका सचिव एवं पूर्वउपप्रधानन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक प्रहरी…