भोलिदेखि संघीय संसदको बजेट अधिवेशन

काठमाडौँ, २३ बैशाख । संघीय संसद्को बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दिउँसो ४ बजेका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको छ । राष्ट्रपति पौडेलले संसदको अधिवेशन आह्वान गरेअनुसार दुवै सदनको बैठक बस्न लागेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो…