काठमाडौँ, ४ जेठ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देश थङ्थिलो बनाउने भ्रष्टाचारलाई सरकारले नछाड्ने बताएका छन् । आज बिहान माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटवार्तामा श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि सरकारले नछाड्ने स्पष्ट पारे । ‘नक्कली शरणार्थी प्रकरण मात्रै होइन भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ । देशलाई थङ्थिलो बनाउने…