काठमाडौँ, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच बालकोटमा भएको सहमतिअनुसार प्रधानमन्त्री दाहालले बुधबार प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । तर प्रमुख विपक्षी दलका नेता ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान…