काठमाडौँबाट सिंहदरबार र राजधानी सार्दा आपत्ति छैन : मेयर शाह

काठमाडौँ, ३० चैत । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिका सार्न भनेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले सिंहदरबार र राजधानी काठमाडौँबाट सार्दा कुनै कुनै आपत्ति नहुने बताए । कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँ बासीलाई कुनै आपत्ति छैन, चाहे…